
फागुन २१ काठमाडौं : सिंगापुरले हंगकंगलाई पराजित गरेसंगै नेपाल एसीसी टि-२० इस्टर्न प्रतियोगिताबाट बाहिरिएको छ। योसंगै एसिया कप छनौट खेल खेल्ने नेपालको सपना
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दोश्रो खेलमा सिंगापुरले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हंगकंगलाई १६ रनले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
सिंगापुरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। तेस्रो खेलमा थाइल्यान्डलाई ९ विकेटले पराजित गरे पनि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend