आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

कोरोनाभाइरस त्रास: सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन

कोरोनाभाइरस त्रास: सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन

फागुन २२ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै सचिव कोइरालाले निजी अस्पतालले आपतकालीन सेवाअन्तर्गत १० शय्या खाली गर्नुपर्ने र नगरिए कारबाही गरिने चेतावनी दिए ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सचिव कोइरालाले अस्पतालहरु सेवामुखी हुनुपर्ने बताए । पदभार कार्यक्रमपछि निजी अस्पताल सञ्चालकसँगको भेटमा सचिव कोइरालाले कोरोना भाइरस संक्रमण फैलिएमा नियन्त्रण गर्न सरकारी र निजी संयन्त्रलाई समन्वयात्मक रुपमा परिचालन गरिने बताएको आजको राजधानी दैनिकमा खवर छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend