शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

कुकुरमा पनि देखियो कोरोना भाईरस

कुकुरमा पनि देखियो कोरोना भाईरस

हङकङमा कोरोनाभाइरस संक्रमित मालिकबाट आफूले पालेको कुकुरमा कोभिड-१९ भाइरसको सरेको हङकङका स्वास्थ्य निकायहरूले बुधबार पुष्टि गरेका छन्।विशेषज्ञहरूले यसलाई ‘न्यून स्तरको संक्रमण’ भनेका छन्। उनीहरूले यो मानिसबाट जनावरमा सरेको संक्रमणको पहिलो मामिला हुनसक्ने बताएका छन्।गत शुक्रबार गरिएको परीक्षणमा सो कुकुरमा कमजोर स्तरको कोभिड-१९ को लक्षण ‘पोजेटिभ’ पाइएको थियो।कुकुरलाई ठ्याक्कै संक्रमण भएको नभइ सोको लक्षणहरू उसका नाक र मुखमा देखिएको उनीहरूले बताएका छन्।

कुकरलाई त्यहाँको कृषि, मत्स्य पालन र संरक्षण विभागमा थप परीक्षणका लागि क्वारेन्टाइनमा राखिनेछ।हङकङका स्वास्थ्य विभागहरूले कोरोनाभाइरस भएको पुष्टि गरे पनि एक स्वासप्रस्वास विशेषज्ञले भने त्यसमाथि प्रश्न उठाएका छन्।उनले रगत परीक्षण नगरिकन कुकुर संक्रमित भएको भनेर पुष्टि गर्न मिल्छ र? भनेर प्रश्न गरेका छन्।यसले गर्दा विस्तृतरुपमा स्पष्ट नभइकन सरकारले जारी गरेको सूचनाले दुविधा उत्पन्न गराएको छ।

परीक्षण ‘पोजेटिभ’ आएको छ , उसमा संक्रमण छ। त्यसैले विभागले क्वारेन्टाइनमा राखेको छ। उसको थप परीक्षण हुनेछ र परीक्षण ‘नेगेटिभ’ नआउँदासम्म उसलाई छाडिने छैन’, स्वास्थ्यमन्त्री सोफिया चान सिउले कोरोनाभाइरस सम्बन्धी आफ्नो नियमित प्रेस भेटघाटमा भनिन्।सोपछि जारी गरिएको अर्को एक वक्तव्यमा विभागले युनिभर्सिटी अफ हङकङ, सिटी युनिभर्सिटी र जनावरसम्बन्धीको विश्व स्वास्थ्य संगठनसँगको छलफलमा ‘कुकुरमा न्यून तहको संक्रमण भेटिएको’ भन्नेमा सबै सहमत भएको र यो मानिसबाट जनावरमा हुने संक्रमणको एक मामिला भएको हुनसक्ने’ बताएको छ।

त्यस्तै एक प्रवक्ताले घरपालुवा जनावर कोभिड-१९ संक्रमणको श्रोत हुन्छन् वा त्यसबाट विरामी पर्छन् भन्ने बारेमा कुनै प्रमाण नभेटिएकोमा जोड दिए।हालसम्म हङकङमा १०४ वटा कोरोनाभाइरस संक्रमणका मामिलाहरू पुष्टि भएका छन् भने दुई जनाको यसबाट मृत्यु भएको छ।त्यसैगरी १३३ वटा मामिला परीक्षणका क्रममा रहेका छन् भने सम्भावित संक्रमणको आशंका गरिएका १९ सय ४० मामिलामा संक्रमण ‘नेगेटिभ’ आएको छ।यसैगरी ४३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट घर फर्किसकेका छन्।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend