बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

एनआईसी एसिया बैंकको लुटधन्दा एटिएमबाट पैसा निकाल्दा न ग्राहकको हातमा न खातामा

एनआईसी एसिया बैंकको लुटधन्दा एटिएमबाट पैसा निकाल्दा न ग्राहकको हातमा न खातामा

फागुन २२ काठमाडौँ, आफुलाई निजि क्षेत्रकै ठुलो र उत्कृष्ट बैंक दाबी गर्ने एनआईसी एसिया बैंकले आफ्नै ग्राहकको पैसामा चरम लुट र लापारबाही गर्ने गरेको तथ्य प्रमाणित भएको  छ । बैंकसंग कारोबार गर्ने ग्राहकले आफ्नो हरेक कारोबारको सुचना र गोपिनियता बैंकले राखीदियोस भन्ने चाहन्छन तर केहि महिना पहिले प्रहरीले सार्बजानिक गरेको नक्कली ग्राहक बनेर लगेका बैंकका एटिएम,चेकबुक लगाएत महत्वपूर्ण कागजात नक्कली ग्राहकले हात पारेको तथ्यसहित उक्त गिरोहलाई सार्बजानिक गर्दा समेत त्यसको पाठ नसिकेरै आफुलाई उत्कृस्ट दाबि गर्न अझै छोडेको छैन ।

पछिल्लो समय एनआईसी एसिया बैंकका एटिएमहरु मार्फत ग्राहकले आफ्नो पैसा निकाल्दा एटिएमबाट न ग्राहकको हातमा पैसा पर्छ न ग्राहकको खातामा पैसा रहन्छ । ग्राहकले आफ्नै पैसा नियमानुसार निकाल्न खोज्दा न हातमा पैसा न खातामा पैसा हुनुको दुख त्  छदै छ सम्बन्धित बैंकमा गुनासो गर्दा कर्मचारीबाट आउने  जबाफ र हराएको पैसा फिर्ता पाउने झन्झटिलो प्रक्रिया सुन्दा त फर्केर हेर्नै मन लाग्दैन यो नाममात्राको नेपालको उत्कृष्ट बैंकलाई ।

हेरौ एनआईसी एसिया बैंकले ग्राहकसंग गरेका चरम लापरबाहीको नमुना

मिति १ मार्च २०२० एनआईसी एसिया बैंकको खाता नं  १७८,,,,,,,,,,२४००१ भएको ग्राहकले काठमाडौँ अनामनगरस्थित एनआईसी एसिया बैंकको एटिएम मेसिनबाट रु आठ हजार निकाल्न निर्देशन दिए तर एटिएम मार्फत ग्राहकको हात पैसा परेन, केहि समयमै ग्राहकको मोबाइलमा  रु आठ हजार रुपैया कट्टा गरेको म्यासेज प्राप्त भयो ।

ग्राहकले आफ्नो म्यासेजमा पैसा काटिएको  म्यासेज प्राप्त गरेपछि सम्बन्धित बैंकमा गुनासो गर्छन, बैंकका कर्मचारीबाट उही बनावटी उत्तर प्राबिधिक समस्याले यस्तो भएको भन्ने आउछ  र फेरी सुरु हुन्छ  ग्राहकलाई दुख, आफ्नै पैसा बैंकको लापरबाहीले (उनीहरुकै भाषामा प्रबिधिक समस्या) भएको कमजोरीमा पनि  बैंकमा लाईनमा बसेर लिखित निबेदन दिनुपर्ने । बैंककै भनाईलाई मान्दै  लिखित निबेदन दिएको झन्डै एक साता बित्दा पनि ग्राहकको खातामा उक्त रकम प्राप्त भएको अझै छैन । ग्राहक सेवाको नाममा खोलिएको बैंकले आफुले लिनुपर्ने पैसा दिन हैन घण्टाको हिसाब  गरेर लिने बैंकले ग्राहकले दुख गरेर जम्मा गरेको रकम  हप्ता दिन सम्म हराउदा न त्यसको ब्याज हिसाब गर्छन न ग्राहकले पाएको मानसिक पिडा  । यो बैंकले ग्राहकमाथि गरेको लुटधन्दा हो ।

माथि उल्लेखित घटना प्रतिनिधिकोरुप मा लिईएको हो यहाँ स्मरणीय यो छ कि सबै ग्राहकले एटिएमबाट पैसा प्राप्त नहुँदा आफ्नो खाताको पैसा काटिएको नकाटिएको वास्ता गर्दैनन अनि न पैसा फिर्ता गर्नको लागि सम्बन्धित बैंकमा गुनासो गर्छन न लिखित निबेदननै दिन्छन अनि कहाँ जान्छ ग्राहकको हातमा नपरेको खातामा कट्टी भएको ग्राहकको पैसा उत्कृष्ट बैंकको संचालक टिमले यसको जबाफ दिनै पर्छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend