आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

चैत १ गतेबाट हुन लागेको एभरेस्ट प्रिमियर लिग (इपीएल) स्थगित

चैत १ गतेबाट हुन लागेको एभरेस्ट प्रिमियर लिग (इपीएल) स्थगित

फागुन २२ काठमाडौं: कोरोनाभाइरसले महामारीको रुप लिइरहेको बेला यसको प्रभाव नेपालमा पनि व्यापक रुपमा परेको छ। यसैको संक्रमणको खतरालाई मध्यनजर गर्दै यहि चैत १ गतेबाट हुन लागेको एभरेस्ट प्रिमियर लिग (इपीएल) स्थगित गरिएको छ।

इपियल आयोजना गर्दा धेरै संख्यामा दर्शकहरु उपस्थित हुने र भाइरसको संक्रमण फैलिन सक्ने विषयलाई बुझ्दै सरकार र सरोकारवालासँग छलफल गरेर यसपटकको इपिएल स्थगित गरिएको इपियलका कार्यकारी निर्देशक अमिर अख्तरले बताए।

कोरोना भाइरसको त्रासका कारण इपीएल आयोजकले एक महिनाका लागि प्रतियोगिता सार्ने निर्णय गरेको हो ।

यो नेपालको पहिलो र ठूलो मध्येको एक क्रिकेट प्रतियोगिता हो।

कोरे एण्डरसन, क्रिस गेलसहित विश्वका चर्चित खेलाडीहरु यसपटक खेल्न लागेका कारण ईपीएल बहुप्रतिक्षित बनेको थियो। प्रतियोगिता सुरु हुने अर्को मिति भने तोकिएको छैन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend