
फागुन २२ काठमाडौं: कोरोना भाइरसको आशंका गरेर अस्पतालको आइसोलेसन वार्डमा राखेका कोरियाबाट आएका एक नेपाली अस्पतालबाट भागेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट उनि झ्यालबाट हाम फालेर भागेका हुन्।
मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।
चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको प्रहरीले जनाएको छ।
उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए नभएको पुष्टि भैनसकेको अस्पताले जनाएको छ। उक्त व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend