मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेपाल र सिंगापुरको खेल स्थगित

नेपाल र सिंगापुरको खेल स्थगित

एसीसी इस्टर्न टी–२० क्रिकेटमा नेपाल र सिंगापुर बीचको खेल अवरुद्ध भएको छ ।बिहान ८ः१५ बजे तोकिएको खेल अवरुद्ध भएको हो । खेल हुन नसके पछि अंक बाँडिएको छ । खेल रोकिए सँगै सिंगापुर अपराजित रहँदै एसिया कप छनोट खेलमा छनोट भएको छ । तीन खेल जित र एक बराबरी गर्दै सिंगापुरले ७ अंक जोडेको छ ।

नेपालले भने दुई खेलमा हार, एक जित र एक बराबरी हुँदै तीन अंक सहित तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

मलेसिया र हङकङसँग पराजित भएपछि नेपाल एसिया कप खेल्ने संभावना गुमाएको थियो । सवै खेलमा पराजित थाइल्याण्ड विरुद्ध मात्रै नेपालले जित निकालेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend