शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

डाक्टरसंग ठट्यौली गर्दै ओलीले भने: मेरा बा ९० बर्ष हुनुभो, म कति बाँच्छु ?

डाक्टरसंग ठट्यौली गर्दै ओलीले भने: मेरा बा ९० बर्ष हुनुभो, म कति बाँच्छु ?

फागुन २३ काठमाडौं: भनिन्छ नि कुनै मानिस अस्पतालको वेडमा रोगसंग लडिरहेको छ भने उसलाई उसको आत्मविश्वासले आधा रोग निको पार्छ । त्यसको एक उदाहरण हुन् प्रधानमन्त्री केपी शर्मा ओली। दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको आत्मविश्वासले जोकसैलाई पनि प्रेरणा प्रदान गरेको छ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरेहेको छ। प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ। उनलाई झोल पदार्थ र नरम खानेकुराहरु खुवाउन थालिएको छ। अप्रेशन कक्षबाट पोस्ट अपरेटिभ वार्डको आईसीयुमा सारिएका प्रधानमन्त्री ओली उठेर बस्न थालेका छन्।

जिन्दगिको जस्तो सुकै कठिन परिस्थितिको पनि सहजै सामना गर्ने प्रधानमन्त्री ओलीले अस्पतालमा जटिल समस्यासंग जुध्दै गर्दा पनि चिकित्सकसंग ठट्यौली पारामा कुरा गर्ने गरेका छन्। उनि आफ्ना निजी चिकित्सकहरुसँग ठट्टा गरिरहन्छन्।

स्वास्थ्य अबस्था क्रमश: सामान्य बन्दै गैरहेका ओली बेडबाट उठेर बस्न थालेपछि चिकित्सकहरुलाई अब आफ्नो आयु १५-२० वर्ष अझै थपिएको भन्दै ठट्टा गरे।
ओलीले आफ्ना बाबु ९० बर्ष भैसकेको र अब आफु पनि बुबाजत्तिकै उमेरसम्म बाँच्छु भन्दै ठट्यौली पारामा कुरा गरेको चिकित्सकहरु बताएका छन्।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए। उनलाई बुहारी अञ्जना घिमिरेले मिर्गौला दान गरेकी थिइन्। उक्त मिर्गौलाले काम गर्न छोडेपछि ओलीले गत फागुन २१ गते बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। यसपटक ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend