
फागुन २३ काठमाडौं:
BBC – “मलाई थाहा थिएन के भइरहेको छ। मैले चिकित्सकलाई सोध्दा उनीहरूले सबै ठीक छ भने,” उनले भनिन्।उनी दक्षिण भारतीय राज्य केरलाकी चिकित्साशास्त्र अध्ययनरत २० वर्षीया युवती हुन् जो भारतको पहिलो कोरोनाभाइरस सङ्क्रमित व्यक्ति हुन्।
रफियाले (परिवर्तित नाम) बीबीसीसँग कोरोनाभाइरसबाट बचेको कथा सुनाएकी छन्। उनी एउटा अस्पतालमा अन्य चार जनासँगै साथ भर्ना भएकी थिइन् तर उनीहरू सबै निको भएर घर फर्किए।
उनी भन्छिन्, “तर मेरो परीक्षणको नतिजा आउन ढिलो भएको थियो र कसैले मलाई केही बताइरहेका थिएनन्।”
टीभीबाट जानकारी
उनलाई एक्लै राखिएको थियो। त्यहाँ उनी धैर्यका साथ पर्खिरहेकी थिइन्। त्यसैबेला उनको फोनमा एउटा सन्देश आयो।
“एकजना साथीले टीभी समाचारको एउटा भिडिओ रेकर्ड गरेर मलाई ह्वाट्सएपमा पठाइन्,” उनी भन्छिन्।
त्यो समाचार चीनको वुहानबाट आएकी एकजना चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण पाइएको बारेमा थियो। राफिया भन्छिन्, “मलाई टीभीको समाचारबाट थाहा भयो कि मलाई कोरोनाभाइरस सङ्क्रमण रहेछ।”
ज्यानुअरी ३० मा उनलाई भारतको पहिलो कोरोनाभाइरस सङ्क्रमित घोषणा गरिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend