
फागुन २३ काठमाडौं: प्रतिनिधिसभा सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको आत्मविश्वासले रोगलाई जिते पनि भ्रष्टाचारलाई जित्न नसकेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन्।
काम नलाग्ने भएपछि शरीरको अंग फेर्नुपर्ने हुन्छ भने देश र जनताका लागि काम नलाग्ने आफ्नो वरिपरीका मान्छेलाई किन नफेर्ने? उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन?’
प्रधानमन्त्री ओलीलाई वरिपरीका मान्छेले भुमरीमा राखेको र ओलीलाई प्रयोग गरि उनीहरुले आफ्नो फाइदा उठाएको विश्लेष्ण सर्वत्र गरिँदै आएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend