शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

बाबुराम भट्टराई भन्छन: नेता भनेको अरुले भन्दा पहिले र परसम्म देख्ने हुनुपर्छ (भिडियो)

बाबुराम भट्टराई भन्छन: नेता भनेको अरुले भन्दा पहिले र परसम्म देख्ने हुनुपर्छ (भिडियो)

फागुन २३ काठमाडौं: समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेता हुनका लागि दुरदर्शिता हुनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराइले अरूले भन्दा परसम्म देख्न सक्ने क्षमता भए मात्र नेता हुने बताएका हुन्।

उनले नेतृत्वसँग दीर्घकालीन सोच र मिहिन दृष्टि हुनुपर्ने भन्दै अरूले गरेकै काम गर्ने नेता नहुने बताए।

उनले भने, ‘लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो। अरुले भन्दा पहिले देख्ने हो।’ अरुले गरिसकेको काम गर्ने नेता होइन। हामी कहाँ धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन्। त्यो नेता होइन। नेता भएर अप्रिय कुरा पनि गर्न सक्नुपर्छ। सही, बिज्ञानसम्मत कुरा र देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend