शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

भक्तपुरमा शिक्षिकाले परीक्षामा राम्रो अंक नल्याउने विद्यार्थीको हात चिर्न लगाएपछि…

भक्तपुरमा शिक्षिकाले परीक्षामा राम्रो अंक नल्याउने विद्यार्थीको हात चिर्न लगाएपछि…

फागुन २४ काठमाडौं: परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।

१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए ।

निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए ।

हात चिर्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट निकालेको छ।

विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन्। परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिएकी थिइन्। उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend