आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

टेकु अस्पतालले गर्यो ४ सय बढीको कोरोना परिक्षण, कसैलाई पनि देखिएन

टेकु अस्पतालले गर्यो ४ सय बढीको कोरोना परिक्षण, कसैलाई पनि देखिएन

फागुन २४ काठमाडौं: सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ । अहिलेसम्म चीनबाट ल्याइएका १ सय ७५ जनासहित कोरोना भाइरससँग लक्षण मिलेका ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैमा पनि कोरोना भएको नपाइएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएको र उनलाई निको भैसकेको छ र उनको सम्पर्कमा रहेका र शंका लागेका अरुको पनि नमुना परीक्षण गर्दा बाँकी कसैमा पनि कोरोनाको संक्रमण नपाइएको हो।

कोरोनाको जोखिम बढेपछि सरकारले कोरोनाको शंका लागेका व्यक्तिलाई काठमाण्डाैको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेशनमा राख्ने गरेको छ । अहिलेसम्म आइसोलेसनमा राखिएका २७ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर पठाइएको छ भने अहिले पनि पाँच जनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेशनमा राखिएका व्यक्तिमा मनोवैज्ञानिक त्रास भएपछि अस्पतालले मनोपरामर्शदाता राख्ने तयारी गरेको छ । आइसोलेशनमा राख्नेबित्तिकै उनीहरु कोरोना संक्रमित भएको भनेर नबुझ्न पनि डाक्टरले आग्रह गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend