आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

सोमबार डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली

सोमबार डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली

फागुन २४ काठमाडौं: गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारसम्म अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमश सुधार आइरहेकोले उनलाई सोमबारसम्म डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल भैरहेको छ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए। उनलाई बुहारी अञ्जना घिमिरेले मिर्गौला दान गरेकी थिइन्। उक्त मिर्गौलाले काम गर्न छोडेपछि ओलीले गत फागुन २१ गते बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। यसपटक ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend