
अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरस कोभिड १९ बाट संक्रमित १ हजार जनामा ५ देखि ४० जनाको मृत्यु हुनसक्छ । अर्थात् मृत्युदर १ देखि ४ प्रतिशतसम्म छ । तर, यो दरलाई विभिन्न कुराहरुले फरक पार्छन् जस्तै : उमेर, लिङ्ग, स्वास्थ्य अवस्था र देशको स्वास्थ्य प्रणाली, व्यवस्थापन पद्धति ।कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या यति भनेर सञ्चार माध्यमहरुमा छ्याप्छ्याप्ती आएपनि यसको यकिन अंक निकाल्न अत्यन्तै कठिन भएको बताउँछन् अनुसन्धानकर्ताहरु ।
संक्रमित सङ्ख्याको गणना त सही तरिकाले हुन गाह्रो छ भने मृत्यु सङ्ख्या नै घटाउने काम चाहिँ फलामकै चिउरा चपाउनु सरह भएको अनुसन्धानकर्ताहरुको भनाइ हो ।सामान्य लक्षण देखापर्ना साथ स्वास्थ्य जाँच गराउने बानी नभएकाले पनि प्रारम्भिक चरणमा कोरोना भाइरसको पहिचान गर्न कठिन हुने बताउँछन् उनीहरु ।
विभिन्न देशहरुमा प्रारम्भिक चरणको संक्रमण पत्ता नलाग्नाले पनि मृत्यु सङ्ख्यामा कमी ल्याउन कठिन भएको छ, चिकित्सकहरुलाई ।
मृत्यु हुनु/नहुनुमा के कुराले फरक पार्छ ?
कोरोना भाइरसबाट संक्रमित भइसकेका केही व्यक्तिहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ जस्तै : वृद्धवृद्धा, अस्वस्थ्य र सम्भवतः पुरुष ।
चीनका पहिला ४४ हजार जना कोरोना भाइरसबाट संक्रमितहरुमा गरिएको अनुसन्धान अनुसार वृद्धवृद्धाको मृत्यु दर अधवैंशे वा युवाहरु भन्दा १० गुणाले बढी थियो ।३० वर्षभन्दा मुनिका व्यक्तिहरुको मृत्युदर अत्यन्तै न्यून थियो : ४५ सय जना मृत्यु भएकामध्ये ८ जना मात्र ३० वर्षभन्दा मुनिका थिए ।र, मधुमेह, मुटुका रोगी, उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धि समस्या भएकाहरुमा मृत्युको सम्भावना ५ गुणा बढी थियो ।
महिलाको तुलनामा मृत्यु हुने पुरुषहरुको सङ्ख्या तुलनात्मक रुपमा बढी थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend