
फागुन २५ काठमाडौं: राजनितीक संरक्षणका आडमा गैरकानुनी सम्पती आर्जन गर्नेहरुको संख्या निकै बढ्दै गहिरहेकोले त्यसलाई न्यूनीकरण गर्नका लागि बाग्लुङ्गको बरेङ गाउँपालिका १ मा “जागौ युवा समाज जगाउँ, भ्रष्टाचारी भगाऔँ ” भन्ने नारा का साथ चुनौती युवा परिषद गठन गरिएको छ ।
फागुन २४ गते शनिबार धुल्लुबाँस्कोटको लिउँवामा ६१ जना युवा हरुको भेलाले ओमकार पौडेलको संयोजकत्वमा ११ सदस्यीय चुनौति युवा परिषद गठन भएको हो। समाजमा मौलाउँदै गहिरहेको भ्रष्टाचार निर्मुल पार्ने उदेश्यका साथ बरेङ गाउँपालिका १ धुल्लुबास्कोटमा संचालनमा रहेका बिकासे आयोजना , स्कुल , संघ संस्था , सरकारी निकाय , क्लब आमा समुहलाई कार्यक्षेत्र बनाई काम गर्ने परिषदका संयोजक ओमकार पौडेलले बताए।
पौडेलले जबसम्म भ्रष्टाचारलाई राजनितीकरण गर्ने संस्कार रहिरहन्छ र भ्रष्टाचारलाई बिशुद्व सार्वजनिक अपराधको रुपमा लिने संस्कृतिको बिकाश हुदैन तवसम्म भ्रष्टाचारको समस्या बढ्दै जाने कुरा उल्लेख गरे । उनले हाम्रो समाजमा कहिल्यै पनि भ्रष्टाचार नियन्त्रणमा राज्यको चासो राजनितीक दलकोइच्छा शक्ति र कर्मचारीतन्त्रको प्राथमिकताको विषय बन्न नसकेको कारणले समाजमा जुझारु युवाहरु संगठीत भई भ्रष्टाचार बिरुद्ध अभियान चलाउने निर्णयमा पुगेको बताए । संस्थालाई शुद्ध सामाजीक कार्य गर्ने सामाजिक संस्थाको रुपमा लैजाने र अब छिट्टै बिधान निर्माण गरि दर्ता प्रकृयामा जाने कुरा पनि पौडेलले जानकारी गराए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend