मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

ओलीलाई मिर्गौला दान गर्ने समिक्षाले भनिन: मामालाई कस्तो छ? एकपटक भेट्न मन लागेको छ

ओलीलाई मिर्गौला दान गर्ने समिक्षाले भनिन: मामालाई कस्तो छ? एकपटक भेट्न मन लागेको छ

फागुन २५ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने ओलीकी भान्जी पर्ने समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्न चाहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन्।

रिमालले आइतबार बिहान भेट्न जाँदा सङ्ग्राैलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गरेको ट्वीटर मार्फत जानकारी गराएका छन्।

रिमालले लेखेका छन्, ” प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ। मैले भने- तपाई पहोलो भिजिटर हुनुहुनेछ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend