मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कोरोना भाइरसको औषधी केही महिनाभित्रै खोप अर्को वर्ष आउने

कोरोना भाइरसको औषधी केही महिनाभित्रै खोप अर्को वर्ष आउने

एजेन्सी
विश्वभरका ठूला औषधी कम्पनिहरुले औषधी केही महिनामै आउने बताइसकेका छन् । खोप बनाउन महत्वपूर्ण उपलब्धि हासिल भइसकेको खुलेको छ ।
कोरोना भाइरविरुद्धको औषधी र खोप बनाउन विश्वका ठूलो औषधी कम्पनिहरुबीच प्रतिष्पर्धा नै चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा यसै हप्ता भएको भेटमा अमेरिकाका ठूला औषधी उत्पादक कम्पनिका कार्यकारी निर्देशकहरुले केही महिनामै कोरोना भाइरसविरुद्धको औषधी बजारमा उपलब्ध गराउने बताए । उनीहरुले खोप अर्को वर्ष आउनेमा ढुक्क हुन ट्रम्पलाई भने । ट्रम्पले पनि तत्काल परिणाम दिन भने ।

औषधी कम्पनिहरुले कोरोना भाइरसविरुद्धको औषधी र खोपका लागि अर्बौ रकम रिसर्चमा खर्च गरिरहेका छन् । तर, कतिपय रोगको औषधी र खोपको विकास राम्ररी हुन नसकेको इतिहास छ । इबोला, जिका जस्ता रोगको औषधी र खोप विकास प्रभावकारी भएन । इबोला अफ्रिकामा फैलिएर धेरै मानिसको मृत्यु भयो । जिकाले दक्षिण अमेरिकामा बढी देखियो र बालबालिका जन्मदै समस्या देखिनथाल्यो । एचआइभीविरुद्धको प्रभावकारी औषधी र खोप अझै बन्न सकेको छैन ।

औषधी र खोपमा लगानी गर्दा जोखिम उत्तिकै छ । सफलता हासिल भएन भने अर्बौं रकम डुब्छ । अर्कोतर्फ, अन्य कम्पनिले पनि त्यसता औषधी र खोप बनाएमा लगानीकर्ता औषधी कम्पनिले अपेक्षित लाभ हासिल गर्न सक्दैनन् ।

अहिले कोरोना भाइरसविरुद्धको औषधी र खोप बनाउन अमेरिका, चीन र भारतका वैज्ञानिक मुख्य प्रतिष्पर्धामा छन् । यी देशहरुका औषधी कम्पनि विश्वकै ठूला र शक्तिशाली मानिन्छन् । चीनले खोप बनाउन महत्वपूर्ण उपलब्धि हासिल भएको खुलाइसकेको छ । चीनले खोपको मान्छेमा परीक्षण शुरु गरेको जनाइसकेको छ ।भारतले अमेरिकासँग मिलेर खोपको परीक्षण जनावरमा शुरु गरिसकेको छ । अब मान्छेमा परीक्षणको तयारी भइरहेको छ । औषधी र खोप बन्ने हल्ला जति चलेपनि परिणाम हासिल हुनेबारे अझै अन्यौल देखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend