
फागुन २५ काठमाडौं: सरकारले विद्यालयमा पढाउन एक हजार पाँच सय शिक्षक माग गरेकोमा अहिलेसम्ममा १२ हजार भन्दा धेरैले आवेदन दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आजसम्म १२ हजारभन्दा धेरै आवेदन आएको र यो संख्या अझै बढ्न सक्नेछ।
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन माग गरेको हो ।
स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले जततउस्ररमयभ।नयख।लउ मा जागिरका लागि निवेदन दिन सक्ने जनाइएको छ । अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन् । यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि नचाहिने जनाइएको छ ।
आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी शुरू गरेको जनाएको छ ।
विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको हो। केन्द्रले शिक्षक छानेको विवरण सम्बन्धित स्थानीय तह र विद्यालयमा पठाएपछि उक्त शिक्षकलाई विद्यालयले नियुक्ति दिनेछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend