logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • व्यवसायीलाई पक्राउ गरेर आफै लगानी सम्मेलन बिथोल्दै सरकार !

    व्यवसायीलाई पक्राउ गरेर आफै लगानी सम्मेलन बिथोल्दै सरकार !

    1.1K
    Shares
    व्यवसायीलाई पक्राउ गरेर आफै लगानी सम्मेलन बिथोल्दै सरकार !

    काठमाडौं। पछिल्लो समय युवा पलायनको अवस्था निकै गम्भीर र भयानक बन्न थालेको छ । तथ्यांकहरुले आज पचासौ लाख भन्दा बढी युवाहरु विदेशमा पलायन भैसकेको देखाउछ। पढ्ने होस् वा रोजगारी खोज्न यति ठुलो संख्यामा युवा पलायन भएका हुन् कि राज्यले हुन् बाध्य बनाएको हो ?

    देशमा केही गर्ने वातावरण भएन कि गर्ने चाहना भएन देश छोड्नेको लर्को किन यसरी लाग्यो? देशका पछिल्ला केही गतिविधीहरु हेर्ने हो भने देशमा व्यवसाय गर्ने वातावरण छैन यो देशमा दुख गरेर भविष्य निर्माण गर्ने सकिन्छ भन्ने आशाको सञ्चार युवाहरुमा हुन् सकेको देखिदैन ।

    देशमै केही व्यवसाय गर्छु भन्नेलाई पनि सरकारले मनोवल बढाउने भन्दा आतंकित बनाउने बिभिन्न गतिबिधिहरु धेरै गरेको गुनासो व्यवसायीले पोख्न थालेका छन्। व्यवसायी थुन्ने अनि सुन्ने  सरकारी गतिविधिले स्थापित व्यवसायीदेखि स्टार्टअप व्यवसायीसम्मले देशमा आशा भन्दा निराशा धेरै देख्न थालेका छन्।

    त्यसका पछिल्ला उदाहारण हुन् सांसद तथा मेडिकल व्यवसायी डा. सुनिल शर्मा, भाट भटेनी सुपर मार्केटका अध्यक्ष तथा मीनबहादुर गुरुङ र अर्का सिजी होल्डिङ्ग्सका अध्यक्ष अरुण चौधरी पक्राउका घटना।

    के राज्यले यी तीनै जनालाई हत्कडी लगाईहाल्नु पर्ने अवस्था हो? व्यवसायी भन्छन अर्बौं रुपैयाँको सम्पत्तिका मालिकहरु भागेर कतै जाने अवस्था थिएन। अदालतबाट दोषी ठहर भए कानुनको पालना गर्छ। तर, जसरी बर्षौ पुराना र प्रमाण नष्ट समेत गर्न नसकिने घटनामा हत्यारालाई जसरी सिधै हत्कडी लगाईयो त्यसैले पुरै निजी क्षेत्रलाई नै आतंकित बनाएको ठहर नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको छ।

    व्यवसायीलाई ऎन राजनीतिज्ञ चैन। एकै प्रकृतिका घटनामा कसैलाई घर घरमै पुगेर बयान लिने कसैलाई महिनौ थुन्ने। कसैलाई तीनै तहका अदालतबाट दोषी ठहर गर्दा पनि आम माफी दिने कसैलाई सर्वस्वसहित जन्मकैद सुनाउँदा आम माफी दिने अनि कसैलाई अदालतले पक्राउ गर्न आदेश दिएर पक्राउ पुर्जी जारी हुँदा पनि पक्राउ नगर्ने राज्यको दोहोरो चरित्र देखिएको व्यवसायीको भनाई छ।

    सरकारले एकातिर वैशाखमा लगानी सम्मेलन गर्ने भन्ने अर्कोतिर व्यवसायीलाई आतंकित बनाउने सरकारको लगानीकर्तालाई हेर्ने नीति के हो? भन्ने प्रश्न व्यवसायीले गर्न थालेका छन्। ठुलो बिदेशी लगानी खोलीएको मोबाइल सेवा प्रदायक एनसेल आजियटा लिमिटेड बिक्री प्रकरणमा राज्य भावनामा बग्ने हो कि त्यसका सबै पाटाहरु हेरेर यथार्थ निर्णय गर्ने हो? यसले बिदेशी लगानीकर्ताहरुमा कस्तो सन्देश प्रवाह गर्छ। राज्यको यस्तै नीतिले बिदेशी लगानीकर्ताहरु आकर्षित हुन्छन? एक उद्योगले प्रश्न गरे।

    कोरोना पछि थलिएका उद्योेगीहरु उद्योग व्यवसाय विस्तार गर्ने भन्दा राज्यले कुन प्रकरणमा कुन प्रतिशोध साध्न कतिबेला पक्राउ गर्छ भन्ने त्रासमा रहेको व्यवसायी बताउछन्। कसैको कुनै प्रतिशोध साध्न परे जतिबेला पनि पक्राउ पर्न सकिन्छ भन्ने बुझाई व्यवसायीहरुमा व्याप्त छ।

    समाजमा व्यवसायी खराब हुन भन्ने भाष्य निर्माण हुनु सत्तामा बस्नेहरुले पनि त्यसलाई त्यसरी प्रयोग गर्नु, देशप्रति नागरिकको अपनत्व टुट्दै जानु , नेतृत्वप्रति भरोसा हराउँदै जानु र समग्रमा देशप्रति नै वितृष्णा जागेर विदेशिने परिदृष्यहरु मुलुकका लागि निकै घातक बन्न सक्ने व्यवसायीको भनाई छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend