logo

२०८० फाल्गुन १३ आइतबार

logo
  • आइतबार, १३ फाल्गुन २०८०
  • नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

    नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

    1.8K
    Shares
    नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।

    यो खेल त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमामा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ ।

    यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

    नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ ।

    नेपालले यो सिरिजपछि आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणीय सिरिज खेल्ने हुनाले क्यानडाविरुद्धको सिरिजलाई तयारीको रुपमा हेरेको छ । सोहि कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend