logo

२०८१ माघ २६ शनिबार

logo
  • शनिबार, २६ माघ २०८१
  • पेस्तोलसहित एक युवक पक्राउ

    पेस्तोलसहित एक युवक पक्राउ

    1.6K
    Shares
    पेस्तोलसहित एक युवक पक्राउ

    सिराहा। प्रहरीले सिराहाबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ४ कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव छन् ।

    उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रबिन्द्रराज पाण्डेले  बताए ।

    सिराहा नगरपालिका ७ स्थित सल्हेश मन्दिर नजिकै २२ वर्षीय सन्जीतकुमार र यादव र उनकी बहिनी सन्जीता  यादव बस्ने डेरामा गएर सरोजले विवाद गरेका थिए । विवादपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

    विवादमा संलग्न सरोजकुमार यादवलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पेस्तोल फेला परेको डीएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend