logo

२०८० फाल्गुन १३ आइतबार

logo
  • आइतबार, १३ फाल्गुन २०८०
  • डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ

    डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ

    507
    Shares
    डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ

    काठमाडौँ । डलर देखाइ रु ९ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका ५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले राससलाई जानकारी दिए।

    उनका  अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका ९ घर भई हाल काठमाडौँ  टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ ५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

    लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ रु ९ लाख लगी गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ ।

    डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे ४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मङ्सिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताए। रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend