logo

२०८१ मंसिर २२ शनिबार

logo
  • शनिबार, २२ मंसिर २०८१
  • फिनल्याण्डको राष्ट्रपतिमा स्टब विजयी

    फिनल्याण्डको राष्ट्रपतिमा स्टब विजयी

    1.3K
    Shares
    फिनल्याण्डको राष्ट्रपतिमा स्टब विजयी

    सिन्ह्वा । फिनल्याण्डको राष्ट्रपतिमा राष्ट्रिय गठबन्धनका लागि राष्ट्रपति पदका उम्मेदवार अलेक्ज्याण्डर स्टब विजयी हुनुभएको छ । आईतवार राति सम्पन्न भएको फिनल्याण्डको राष्ट्रपतीय निर्वाचनमा उहाँल सहज जित हासिल गर्नुभएको हो ।

    फिनल्याण्डको न्याय मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार सबै मत गणनासँगै अन्तिम चरणमा स्टबले ५१.६ प्रतिशत समर्थन पाउनुभयो । स्वतन्त्र उम्मेदवार पेक्का हाभिस्टोले ४८.४ प्रतिशत मत प्राप्त गर्नुभयो । स्टबले साउली निनिस्टोको स्थानमा मार्च १ मा नर्डिक राष्ट्रको १३ औं राष्ट्रपतिको रूपमा शपथ लिनुहुनेछ । प्रारम्भिक चरणमा ७५ प्रतिशतको तुलनामा ७०.७ प्रतिशत मतदान भएको थियो ।

    ५५ वर्षीय स्टबले युरोपेली संसदको सदस्य, फिनल्याण्डको संसद सदस्य, फिनल्याण्डका प्रधानमन्त्री, विदेशमन्त्री र युरोपेली लगानी बैंकका उपमहानिर्देशकका रुपमा काम गरिरहनुभएको छ । उहाँले पीएचडी अन्तर्राष्ट्रिय राजनीतिमा र स्वीडिश, फिनिस, अंग्रेजी, फ्रान्सेली र जर्मन बोल्न पनि सक्नुहुन्छ ।

    फिनल्याण्डमा हरेक ६ वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ । प्रत्यक्ष जनमतको आधारमा निर्वाचन हुन्छ । यस वर्ष जनवरी २८ मा प्रारम्भिक राउण्डमा नौ जना उम्मेदवारहरुले प्रतिष्पर्धा गरेका थिए । जसमा शिर्ष दुई अन्तिम चरणमा पुगेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend