logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • खेलाडीहरुका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

    खेलाडीहरुका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

    1.6K
    Shares
    खेलाडीहरुका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।

    सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

    उहाँले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरु जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफूले धेरै काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु अलि बढी छन् । तर हामीले आफ्नो स्ट्याण्डर बढाउनुपर्छ । आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरु जित्नुपर्छ । यहीँ राम्रो वातावरण बनाउनुपर्छ । त्यसो हुँदा खेलाडीहरु बाहिर जाँदैनन् ।

    म प्रधानमन्त्री भएको बेलामा दशरथ रंगशाला बनेको थियो । अन्य थिएन । भत्किएको दशरथ रंगशाला बनाइयो । जनकपुर, पोखरामा अर्को रंगशाला बनाइयो । खेलाडीहरुका लागि राम्रो वातावरण बनाइयो । यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो । हामी नै हौँ जहाँ गयो बनाउँछौँ ।

    हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने ।’ अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend