सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कतारपछि साउदी अरबले लगायो यी ९ देशसँगको आवातजावतमा प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्छ ?

कतारपछि साउदी अरबले लगायो यी ९ देशसँगको आवातजावतमा प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्छ ?

फागुन २६ काठमाडौं: कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदी अरबले ९ वटा देशसँग आवागमनमा रोक लगाएको छ। युएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेवनान, इटाली, दक्षिण कोरिया र सिरियालाई साउदी अरवले प्रतिबन्ध लगाएको हो। यो सोमबारदेखि लागु भएको छ।

साउदीले प्रतिबन्ध लगाएपछि त्यहाँ जाने नेपाली पनि प्रभावित हुने भएका छन्।

उता कतारले पनि नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई सोमबारदेखि नै लागु हुनेगरी आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ। उसले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend