शनिबार, बैशाख १३ २०८२

शनिबार, बैशाख १३ २०८२

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपालले क्यानडाविरुद्धको एकदिवसीय श्रृखंला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट श्रृखंलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको श्रृखंलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ । रासस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend