logo

२०८० फाल्गुन १४ सोमबार

logo
  • सोमबार, १४ फाल्गुन २०८०
  • रामग्रामको सम्झौता रद्द गर्दै डा ल्हारक्याल लामा, पूर्व उपाध्यक्षले गरेका थिए निजी क्षेत्रलाई प्रवेश गराउने काम

    रामग्रामको सम्झौता रद्द गर्दै डा ल्हारक्याल लामा, पूर्व उपाध्यक्षले गरेका थिए निजी क्षेत्रलाई प्रवेश गराउने काम

    3.6K
    Shares
    रामग्रामको सम्झौता रद्द गर्दै डा ल्हारक्याल लामा, पूर्व उपाध्यक्षले गरेका थिए निजी क्षेत्रलाई प्रवेश गराउने काम

    काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समझारी खारेज गर्न निर्देशन दिएको गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपमा निजी क्षेत्रलाई प्रवेश गराउने काम लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले गरेको पाइएको छ ।

    तत्कालीन उपाध्यक्ष त्रिपाठीले आफ्नो कार्यकाल सकिने बेला प्रमिष्ड ल्याण्डलाई रामग्राम स्तुप क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि अनुरोध गरी पत्र लेखेको भेटिएपछि यस्तो तथ्य खुलेको हो। उनले २०२३ जनवरीमा प्रमिस्ड ल्याण्डलाई पत्र लेखेर रामग्राममा काम गर्न बोलाएको पत्र सार्वजनिक लेखा समितिमा आईपुगेको छ ।

    यो घटनामा कतिले डा.  लामालाई जोड्न खोजेका छन् तर उक्त निर्णय हुने बेलासम्म कोषको उपाध्यक्षमा उहाँको नियुक्ति भएको थिएन कोषका एक जना कर्मचारीले भने  ‘पूर्व उपाध्यक्षले अनुरोध गरेको सो पत्रको आधारमा प्रमिस्ड ल्याण्डले लुम्बिनी विकास कोषमा लगेको प्रस्तावअनुसार लुम्बिनी विकास कोष ऐन बमोजिम आवश्यक सम्झौता गर्नका लागि कोषको कार्यकारिणी समिति बैठकले २०८० जेठ २८ निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो । तर, साउनमा डा. लामा कोषको उपाध्यक्षमा नियुक्त भएका  हो ।’

    साउनमा नियुक्त भएर डा. लामा आएपछि यसअघिको कार्यकारिणी समितिले तयार पारेको अंग्रेजीको सम्झौतामा हस्ताक्षर गरे पनि उक्त सम्झौताका प्रावधानहरू खारेज गर्दै डा लामाले सुझबुझ पूर्ण ढंगले उक्त समझदारीमा जे सुकै व्यहोरा उल्लेख गरेको भए तापनि सो व्यहोरोको अर्थ संविधान, कानून र सम्बन्धित निकायको स्वीकृति लिएरमात्र परियोजनासम्बन्धी काम अघि बढ्ने अर्को द्विपक्षीय समझदारीमा हस्ताक्षर गरेको पाइएको छ ।

    यस्तो छ पूर्व उपाध्यक्षले लेखेको पत्र

     

    उपाध्यक्ष डा. लामाले आफ्नो पालामा कुनै गलत काम नभएको दावी गर्दै संसदको सार्वजनिक लेखा समितिमा बुझाएको द्विपक्षीय समझदारी पत्रमा नेपालको संविधान, कानून तथा सम्बन्धित निकायको पूर्वस्वीकृतिमा काम गर्ने र यसअघिको प्रस्ताव र समझदारीमा जे लेखिएको भए पनि पछिल्लो सम्झौता नै मान्य हुने उल्लेख छ ।

    सो समझदारीमा द प्रमिष्ड ल्याण्ड प्रालिले सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर कोषको अधिनमा रही रामगाम स्तुप क्षेत्रको वृहत्तर गुरुयोजना निर्माण तथा कार्यन्वयन सम्बन्धमा अध्ययन, अनुसन्धान लगायतका कार्यहरू सम्पन्न गर्ने उल्लेख छ ।

    यस्तो छ  उपाध्यक्ष  डा. लामाले गरेको सम्झौता

    सम्झौतामा जग्गा लिजमा दिने कुरा नरहेको र कोषसँग जग्गा समेत नरहेको डा.लामाले बताइसकेका छन् । सो समझदारी विवादमा आएको र लेखा समितिले समेत खारेज गर्न निर्देशन दिइसकेको अवस्थामा तत्कालै कोषको बैठक राखेर प्रमिष्ड ल्याण्डसँगको सम्झौता रद्द गर्ने तयारीमा उपाध्यक्ष डा.लामा रहेको बताइएको छ ।

    स्रोतका अनुसार मंगलबारै कोषले सो समझदारी खारेज गर्ने सम्भावना छ । उपाध्यक्ष लामाले यसअघिको नेतृत्व र सरकारले अघि सारेको योजनालाई लुम्बिनीको विकास र संरक्षण हुने प्रावधानसहित अघि बढाउन खोज्दा विवाद भएकाले सो सम्झौता रद्द गर्न लागेका हुन् ।

    समझदारीका उपाध्यक्ष डा.ल्हारक्याल लामासहित सदस्य सचिव सानुराज शाक्य, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख सरोज भट्टराई र द प्रमिष्ड ल्याण्डको तर्फबाट निकेश अधिकारीले हस्ताक्षर गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend