
फागुन २६ काठमाडौं: वीरगन्जको इनर्वा नाकामा कोरोना चेकजाँचका लागि खटाइएका स्वास्थ्यकर्मी नै जिम्मेवारी छाडी भागेका छन्।
इनर्वा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य चेकजाच र शरिरको तापक्रम नाप्न हेल्थ डेस्क स्थापना गरि तीन जना हेल्थ असिस्टेण्ट खटाइएको भए पनि उनीहरु हेल्थ डेस्कनै छाडेर हिंडेका हुन्।
स्वास्थ्यकर्मीको लापरवाहिका कारण भारतबाट इनर्वा नाका हुँदै भारतीय र अन्य मुलुकका गरि दैनिक हजारौं विदेशी नागरिक बिना चेकजाच निर्वाध रुपमा प्रवेश गरिरहेका छन्।
चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वभर सर्तकता बढिरहेका बेला नेपाल भारत सिमा नाकामा हेल्प डेस्क स्थापना गरिएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend