मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सुडानका प्रधानमन्त्रीको हत्या प्रयास

सुडानका प्रधानमन्त्रीको हत्या प्रयास

फागुन २६ काठमाडौं: सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि हत्या प्रयास भएको छ। राजधानी खार्तुममा हामडोक चढेको गाडीलाई लक्षित गरि विष्फोट गराइएको हो।

घटनामा कुनै मानविय क्षति भने नभएको जनाइएको छ। प्रधानमन्त्री सकुशल र सुरक्षित रहेको सुडानको सरकारी मिडियाले जनाएको छ।

कार्यालयमा जाने क्रममा विष्फोट गराइएको हो। उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । घटनाको छानविन भैरहेको छ।

हामडोक गत अगस्टदेखि सुडानका अन्तरिम प्रधानमन्त्री बनेका छन्। प्रजातन्त्र पक्षधर आन्दोलनकारीले सैनिक  तानाशाह ओमर अल बसिरलाई हटाएका थिए। लामो वार्तापछि  सेना र प्रजातन्त्र पक्षधर सत्ता साझेदारी गर्न सहमत भएका थिए।  त्यसपछि बनेको सरकारको नेतृत्व हामडोकले गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend