शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

कास्कीमा कांग्रेस सहित अन्य पार्टी परित्याग गरी पचास भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश

कास्कीमा कांग्रेस सहित अन्य पार्टी परित्याग गरी पचास भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश

सुनौलो नेपाल-  कास्कीमा नेपाली काङ्ग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी पचास भन्दा बढी  नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी पोखरा अन्तरगतको  वडा नम्बर २४ को कमिटीले आयोजना गरेको कार्यक्रममा उनीहरु नेकपा प्रवेश गरेका हुन् । उनीहरुलाई  नेपाल कम्युनिस्ट पार्टी गण्डकी इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे, नेकपा केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी  र प्रदेश सांसद तथा युवा संघका पूर्व अध्यक्ष राजीव पहारी लगायतले फुल माला र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

नेकपा प्रवेश गर्नेमा नेपाली कांग्रेसका  टेकबहादुर खत्री, बलबहादुर कार्की, देवी कार्की, पूर्णप्रसाद गौतम, गोर्कण गौतम, डिलमाया गौतम, हिरा गिरी, लोकमाया गिरी, जीतबहादुर परियार, नारायणप्रसाद गौतम, रजिना गौतम, बमबहादुर कार्की, लक्ष्मण कार्की, सुरज गौतम, सुनील गौतम, विमलबहादुर खत्री, दीपक गिरी, मनिषा गिरी, प्रकाश गिरी, जुना गौतम छन् ।

त्यसैगरी सुष्मा विक, सन्दीप परियार, सागर परियार, हिरा खत्री, कुलप्रसाद पौडेल, दीपक कार्की, इन्द्रकमल सुवेदी, मानबहादुर जिसी, किशोर खत्री, विष्णु केसी, धनकुमारी खत्री, बाबुराम गौतम, विष्णुप्रसाद गौतम, पुष्पा कार्की, शर्मिला कार्की, हरिप्रसाद दवाडी, नरबहादुर देवकोटा, सुजाता अधिकारी, विकल सुवेदी, शिव जिसी, शिव थापा, नारायण गिरी, हरि भट्टराई, किसन सुवेदी, विष्णु देवकोटा लगायतका नेता कार्यकर्ता हुन्।

पार्टी प्रवेश लगत्तै प्रतिक्रिया दिदै उनीहरुले भने कांग्रेस आन्तरिक द्वन्दले सकिन लागेको भन्दै अबको आशा नेकपा भएको र देश  सम्बृद्ध र जनता सुखी बनाउन आफुहरुले नेकपालाई साथ दिन पार्टी प्रवेश गरेको बताएका थिए।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend