आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

होलीमा जबरजस्ती रंग दलेर झगडा गर्ने ६ दर्जन बढी प्रहरी नियन्त्रणमा

होलीमा जबरजस्ती रंग दलेर झगडा गर्ने ६ दर्जन बढी प्रहरी नियन्त्रणमा

फागुन २६ काठमाडौं: प्रहरीले होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ७ जना युवतीसहित ६ दर्जन बढीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि छन् ।

समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् । पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ ।

साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने बोगटीले जनाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend