
फागुन २७ काठमाडौं: ७५ लाख रुपैयाँ ठगेको आरोप लागेका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन्। जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससका सञ्चालक भेटवालले दिएको कम्पनीको ७५ लाख १० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनी बिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो।
आज (मंगलबार) उनि आफै महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए। सोहि बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
ठगी मुद्दामा भेटवाललाई उच्च अदालत पाटनले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। यसअघि पनि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकभित्र भएको करिब १ अर्ब ५० करोड रुपैयाँ घोटालामा पनि भेटवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको थियो।
ठगी आरोप लागेका उनि फरार रहँदै आएका थिए। उनलाई हिरासतमा लिएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend