logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर संचालन

    भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर संचालन

    693
    Shares
    भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर संचालन

    भोजपुर  । भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

    दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावा, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद सुनील शर्मा, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोकका अध्यक्ष अशोक राईको सहयोगमा गत पुस २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो ।

    दुई पालिकामा सञ्चालन गरिएको शिविरबाट करिब दुई हजार दुई सय जनाले निःशुल्क सेवा लिएका अस्पतालका बजार व्यवस्थापक अधिकृत नवीन दाहालल ेबताए । शिविरमार्फत सामान्य रोगको निःशुल्क औषधि वितरण थियो ।

    शिविरका क्रममा जटिल समस्या भएका एक सय ७८ जना बिरामीलाई निःशुल्क शल्यक्रिया तथा थप उपचारका लागि रेफर गरिएको थियो । रेफर गरिएकामध्ये जटिल किसिमका बिरामीको शल्यक्रिया गरिएको दाहालले बताए । शिविरबाट चिकित्सकसहितको टोलीले जनरल तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक कान घाँटी, न्यूरो फोक्सो, कलेजो, नसा रोगलगायतको उपचार सेवा प्रदान गर्नुका साथै औषधि वितरण गरिएको थियो ।

    रिफर गरिएकामध्ये हालसम्म विभिन्न रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको बजार व्यवस्थापक दाहालले बताए । सबै बिरामीको औषधिबाहेक सम्पूर्ण खर्च निःशुल्क गरिएको उनले जानकारी दिए ।

    युरोलोजीको तीन, अर्थोपेडिक हार्डजोर्नीका चार, स्त्रीरोगतर्फ पाँच, नाक, कान तथा घाँटी एक, न्यूरो सर्जरी एक, जनरल सर्जरी तीन र मुटुको एक जनाको शल्यक्रिया गरिएको दाहालले जानकारी दिए । डेन्टलमा सात जनाको निःशुल्क उपचार भएको उनको भनाइ थियो । उनीहरुलाई शय्यामा भर्ना गरेर नै उपचार गरिएको अस्पतालले जनाएको छ ।

    “शिविरबाट रिफर भएकामध्ये जटिल रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरेका छौँ”, दाहालले भने “बिरामीको औषधि र आवश्यक सामानबाहेक अस्पतालबाट शुल्क पूर्णरुपमा छुट गरेर सेवा प्रदान गरेका छौँ ।”

    नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको सांसद बान्तावाले बताए । उनका अनुसार रेफर गरिएकाको नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।

    “उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामीण भेगका गरीब तथा विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ”, सांसद बान्तावाले भने “डाक्टरले सिफारिस गरेका बिरामीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरेका हौँ । सबैलाई सजह रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।”

    मुख्यरुपमा स्वाथ्य, शिक्षा, खानेपानी, सिँचाइ, कृषि, सडकसँगै अरुण र दूधकोशी नदीमा निर्माण भइरहेका पक्की पुललाई समयमा सम्पन्न गराउन पहल गरिरहेको सांसद बान्तवाल ेबताए । पुल निर्माणपश्चात् आवतजावतलाई मात्र सीमित नराखेर यहाँका उत्पादनलाई बाह्य बजारसम्म पु¥याउनका लागि स्थानीय नागरिकलाई उत्पादनमुखीमा काम लाग्नका लागि उहाँले आग्रह गरे । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend