सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

के लसुनले कोरोना भाईरस लाग्न दिंदैन, यस्तो छ बास्तबिकता र तथ्य

के लसुनले कोरोना भाईरस लाग्न दिंदैन, यस्तो छ बास्तबिकता र तथ्य

कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन।दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।

अन्लाइन माध्यममा व्यापक भएका केही त्यस्ता दाबी र तिनबारे वैज्ञानिकहरूको धारणाबारे हामी यहाँ चर्चा गर्दैछौँ।अहिले सामाजिकसंजाल देखि चोकचोकमा मानिसहरु लसुन सेवन गर्दा कोरोना नलाग्ने तर्क गरिरहेका छन्  भने सङ्क्रमण रोक्न लसुन खान सुझाव दिइएका पोस्टहरू फेसबुकमा शेअर भएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका भनाइमा लसुनले स्वास्थ्यलाई राम्रो गर्छ र त्यसमा केही सूक्ष्मजीव मार्ने गुण पनि हुन्छ। तर त्यो खाँदा कोरोनाभाइरसको सङ्क्रमण हुँदैन भन्ने प्रमाण छैन।तपाईँ प्रामाणिक चिकित्सकीय विधि पनि अवलम्बन गरिरहनुभएको छ भने धेरै परिस्थितिमा यस्ता औषधि हानिकारक नहुन सक्छन्। तर तिनले हानि गर्ने सम्भावना पनि हुन्छ।

साउथ चाइना मोर्निङ पोस्टले धेरै लसुन खाएकी एउटी महिलाबारे समाचार प्रकाशित गरेको थियो। उनले डेढ किलोग्राम लसुन खाएपछि घाँटीमा गम्भीर जलन भएका कारण अस्पतालमा उपचार गराउनुपरेको थियो।सामान्यतया तरकारी र फलफूल खानु तथा पानी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो भएको हामीलाई थाहा भएकै कुरा हो। तर निश्चित भाइरससँग सङ्घर्ष गर्न निश्चित खानेकुराले सहयोग गर्छ भन्ने प्रमाण छैन।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend