
फागुन २७ काठमाडौं: गत बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा ठिक हुन ६ महिना लाग्ने चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. दिव्यासिंह शाहले यस्तो बताएकी हुन्।
शाहले अबको तीन दिन अर्थात् शुक्रबारसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिइन। ‘प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौं’, उनले भनिन्, ‘अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ।’
प्रधानमन्त्री तुरुन्तै जान खोजेको भए पनि परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको र प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने शाहले बताइन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend