मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

के १५/१५ मिनेटमा पानी खाँदा कोरोनाबाट बच्न सकिन्छ? यस्तो छ वास्तविकता

के १५/१५ मिनेटमा पानी खाँदा कोरोनाबाट बच्न सकिन्छ? यस्तो छ वास्तविकता

फागुन २७ काठमाडौं: कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन।

दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।

धेरै जनाले सामाजिक सञ्जालमा प्रेषित गरेको एउटा सन्देशमा एक “जापानी चिकित्सक”लाई उद्धृत गर्दै प्रत्येक १५ मिनेटमा पानी खानुपर्छ भनिएको छ। उनका अनुसार त्यसो गर्दा मुखबाट शरीरमा प्रवेश गरेका भाइरसलाई बाहिर निकाल्न सकिन्छ।

त्यो सन्देश अरबी भाषामा हजारौँ पटक शेअर भएको छ।

तर प्राध्यापक ब्लूमफील्डले धेरै पानी खाँदा भाइरस पखाल्न सहयोग पुग्ने प्रमाण नभएको बताइन्।

हावाबाट सर्ने भाइरसहरू सासनली हुँदै शरीरमा छिर्छन्। तीमध्ये केही मुखमा जान सक्छन्। तर बारम्बार पानी खाए पनि तपाईँ सङ्क्रमणबाट जोगिन सक्नुहुन्न।

तैपनि पानी खानु र शरीरमा पानीको मात्रा कम हुन नदिनु राम्रो हो। BBC

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend