
पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएपछि सत्तारुढ दल नेकपाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोटको कार्यलाई आतंककारी गतिबिधि भन्दै उक्त कार्यमा संलग्न जोकोहिलाई कडा कारबाही गर्न माग गरेको छ बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको बिज्ञप्तिमा भनिएको छ विज्ञप्तिमा भनिएको छ, ‘म हाम्रो पार्टीका तर्फबाट घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कार्बाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिकपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend