
फागुन २८ काठमाडौं: निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ। बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ ।
विस्फोटबाट बास्कोटाको घरमा बन्दै गरेको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । ठूलो आवाजसहित भएको बिस्फोटबाट छिमेकीको घरका झ्यालका सिसामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको कारमा समेत क्षतिपुगेको जनाइएको छ ।
बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। सरकारका प्रवक्ताको हैसियतमा रहेर पदको दुरुपयोग गर्दै राष्ट्र दोहन गरेकाले आफुहरुले सतर्क गराउन चेतावनी स्वरूप बम विस्फोट गराएको नेकपाले जनाएको छ।
प्रहरीले बिस्फोटका योजनाकार देव बहादुर गुुरुङलाई पक्राउ गरेको छ । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।
उता बास्कोटाका छिमेकीहरुले भने ७० करोड कमिसन प्रकरणमा सरकारले उनलाई कारवाही गर्न आनाकानी गरेका कारण त्यसैको आक्रोशमा घरमा बम विस्फोट गराइएको बताएका छन्। सुनौलो नेपालसंगको कुराकानीका क्रममा छिमेकीहरुले बास्कोटालाई कारवाही नगर्दा आफुँहरुले दुख पाएको र त्रसित हुनु परेको भन्दै दुखेसो पोखेका छन्।
बम विस्फोट प्रकरणमा के भन्छन छिमेकी ? हेर्नुहोस यो भिडियो:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend