
फागुन २८ काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले धार्मिक पुस्तक गीता छोएर अब पार्टी कहिल्यै पनि फुट्न नदिने बताएका छन्। बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टी अब नफुट्ने भन्दै ढुक्क रहन कार्यकर्तालाई आग्रह गरे।
थापाले आफ्नो सम्बोधनको सुरुमै भगवान पशुपतिनाथलाई साक्षी राखी गीता छुँदै आफूले पार्टी नफुटाउने प्रतिबद्धता जनाए ।
उनले खल्तीमा हात हालेर सानो डायरीजस्तो पुस्तिका निकालेर भने, ‘तपाईहरुलाई विश्वास लागेन, मैले गीता ल्याएको छु। हामी हिन्दू धर्म चाहने सनातन धर्मका पक्षपातीहरु, यो गीतालाई हातमा राखेर भन्छु–राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन।’ उनले गीताको पुस्तक अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबरालाई पनि चाहिन्छ कि भन्दै पोडिएममै छाडेर गए।
पार्टी एकताको आजको दिन कोषेढुंगा सावित हुने थापाको भनाइ थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend