logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दादुरा–रुवेलाको विरुद्धको खोप सुरक्षित र प्रभावकारी

    दादुरा–रुवेलाको विरुद्धको खोप सुरक्षित र प्रभावकारी

    1.9K
    Shares
    दादुरा–रुवेलाको विरुद्धको खोप सुरक्षित र प्रभावकारी

    काठमाडौँ, ११ फागुन । आगामी आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन अनुरोध गरिएको छ ।

    महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकाले सबै बालबालिकालाई लगाउन अनुरोध गरे । “खोपले ८५ प्रतिशतलाई दादुरा रुवेलासँग लड्ने क्षमता विकास गर्दछ,” उनले भने । खोपलाई दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियससम्म राख्नुपर्ने र खोप लगाउँदा मासुमा लगाउनुपर्ने विभागले जनाएको छ ।

    दादुरारुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै यही फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले गुणस्तरययुक्त भनी प्रमाणित भएको र औषधि व्यवस्था विभागले मान्यता दिएकाले खोप सुरक्षित रहेको बताए । उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

    उनले खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली गठन गरिएको बताए । खोप भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सवै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ ।

    जाजरकोट र पश्चिम रुकुममा गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप शाखाका प्रमुख डा. गौतमले हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्ल्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियो विरुद्धको खोप पनि सञ्चालन हुने छ । ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए ।

    अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने खोप शाखा प्रमुख डा गौतमले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend