logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • विश्वकै धनी बर्नाडको एलभिएमएच बन्यो ठूलो कम्पनी, मूल्य सवा ४ खर्ब डलर

    विश्वकै धनी बर्नाडको एलभिएमएच बन्यो ठूलो कम्पनी, मूल्य सवा ४ खर्ब डलर

    2.2K
    Shares
    विश्वकै धनी बर्नाडको एलभिएमएच बन्यो ठूलो कम्पनी, मूल्य सवा ४ खर्ब डलर

    एजेन्सी । विश्वको सर्वाधिक धनीको सूचीको पहिलो नम्बरमा अहिले फ्रान्सका खर्बपति बर्नाड अर्नाल्ट छन् । फोब्र्सका अनुसार उनको कूल सम्पत्ति २ खर्ब २८ अर्ब ३० करोड डलर छ । उनै बर्नाडको मोइत हेन्नसी लुइस भिटन (एलभिएमएच) संसारकै सबैभन्दा ठूलो फेसन कम्पनी बनेको छ ।

    एलभिएमएचको बजार पुँजीकरण ४ खर्ब २१ अर्ब ६० करोड डलर पुगेको छ । एलभिएमएचका साथै युरोपेली देशहरूका फेसन कम्पनीहरूले प्रभुत्व जमाएका छन् ।

    १० मध्ये युरोपका छ वटा कम्पनी परेका छन् । अमेरिकामा चारवटा छ भने जापान र क्यानडामा एक–एक कम्पनीहरु परेका छन् । एलभिएमएच फराकिलो पुँजीकरण अन्तरले फेसन उद्योगको सबैभन्दा ठूलो खेलाडी हो ।

    कम्पनीले मार्क जेकब्स, गिभेन्ची, फेन्डी, डायर र फेशन कस्मेटिक्सलगायत लक्जरी ब्रान्डहरूको विस्तृत पोर्टफोलियो छ । विश्वव्यापी लक्जरी सामान बजारमा एलभिएमएचको ४१ प्रतिशत हिस्सा छ ।

    कम्पनीको सफलताको फलस्वरूप २०२४ मा एलभिएमएचका अध्यक्ष बर्नार्ड अर्नाल्टले एलोन मस्कलाई उछिनेका छन् ।लुइस भिटन र सेफोरासहित ७५ फेसन र कस्मेटिक्स ब्रान्डहरूमा एलभिएमएचको साम्राज्य छ ।

    एलभिएमएचले सन् २०२१ मा अमेरिकी ज्वेलर टिफनी एण्ड कम्पनीको १५ अर्ब ८० करोड डलरमा अधिग्रहण गर्यो । यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो लक्जरी ब्रान्ड अधिग्रहण मानिन्छ । अ

    र्नाल्डको होल्डिङ कम्पनी अगाचले उद्यम पुँजी फर्म एग्ल भेन्चर्सलाई समर्थन गर्दछ। जसको नेटफिलिक्स र टिकटकको मातृ कम्पनी बाइट डान्स जस्ता व्यवसायहरूमा लगानी छ।अर्नाल्डले सन् १९८४ मा क्रिश्चियन डायर किन्न १ करोड ५० लाख डलर खर्च गरेर आफ्नो व्यवसायको सुरुवात गरे ।

    दोस्रो स्थानमा अमेरिकाको नाइक ब्रान्ड छ । नाइकको बजार पुँजीकरण १ खर्ब ५३ अर्ब ८३ करोड डलर छ । एलभिएमएच भन्दा नाइकको पुँजीकरण अन्तर धेरै फराकिलो छ । नाइकले सन् २०२३ मा आफ्नो ६८ प्रतिशत आम्दानी जुत्ताबाट गरेको छ ।

    कम्पनीको सबैभन्दा लोकप्रिय ब्रान्डहरू मध्ये एक जोर्डन ब्रान्डले प्रति वर्ष करिब ५ अर्ब डलर आम्दानी गरेको छ । यस सूचीमा जाराको स्वामित्वमा रहेको कर्पाेरेट संस्था इन्डिटेक्सका साथै अन्य धेरै ब्रान्डहरू र युनिक्लो, थ्योरी र हेल्मुट ल्याङको स्वामित्वमा रहेको जापानी होल्डिङ कम्पनी फास्ट रिटेलिङ पनि समावेश छन् ।

    तेस्रो ठूलो कम्पनी फ्रान्सको डायर भएको छ । डायरको बजार पुँजीकरण १ खर्ब ४५ अर्ब ८६ करोड छ । स्पेनको इन्डिटेक्स १ खर्ब ३४ अर्ब ४ करोड डलर छ ।

    पाँचौं स्थानमा अमेरिकाको टिजेएक्स कम्पनी छ । उसको बजार पुँजीकरण १ खर्ब ८ अर्ब १६ करोड डलर छ । छैठौं स्थानमा जापानको फास्ट रिटेलिङ कम्पनी रहेको छ। कम्पनीको बजार पुँजीकरण १ अर्ब ४८ करोड डलर छ । अमेरिकाको सिन्टास सातौं ठूलो फेसन ब्रान्ड बनेको छ । सिन्टासको पुँजीकरण ६१ अर्ब २८ करोड डलर छ ।

    क्यानाडाको लुलुलेमन ब्राण्डको पुँजीकरण ५७ अर्ब २६ अर्ब डलर छ। नवौं स्थानमा फ्रान्सको केरिङ कम्पनी छ। केरिङको पुँजीकरण ५० अर्ब ९० करोड डलर छ। अमेरिकाको रोस स्टोर्स १० औं ठूलो फेसन कम्पनी भएको छ । रोस स्टोर्सको पुँजीकरण ४७ अर्ब २२ करोड डलर छ भने जर्मनीको एडिडासको ३२ अर्ब ५३ करोड डलर छ ।

    म्याकिन्स कम्पनीका अनुसार फेशन उद्योगले २०२४ मा २ देखि ४ प्रतिशत सामान्य वृद्धि हुने अपेक्षा गरिएको छ । जुन २०२३ मा ५ देखि ७ प्रतिशत वृद्धि भएको थियो । कमजोर आर्थिक वृद्धि र उपभोक्ता विश्वासका घटेको छ ।

    फेसन विश्वव्यापी रूपमा सबैभन्दा ठूला उद्योगहरू मध्ये एक हो । जसले विश्वव्यापी कूल गार्हस्थ उत्पादन (जिडिपी) को २ प्रतिशत हिस्सा ओगटेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend