
फागुन २८ काठमाडौं: सिंहदरवारमा सर्वदलिय बैठक बसिरहेको छ। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध साझा धारणा बनाउन सर्वदलिय बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, राजपाका राजेन्द्र महतो, महन्थ ठाकुर,काँग्रेसका बालकृष्ण खाण र गगन थापालगायत उपस्थित रहेका छन्।
बैठकमा प्रमुख प्रतिपक्षि कांग्रेसका सभापति शेर बहादुर देउवा भने उपस्थित भएनन्। कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पेश गर्नेछन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend