logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • प्रसूति गृहबाट नावालिका चोरी गर्ने महिला प्रहरी वृत्त सिंहदरबारमा

    प्रसूति गृहबाट नावालिका चोरी गर्ने महिला प्रहरी वृत्त सिंहदरबारमा

    2.7K
    Shares
    प्रसूति गृहबाट नावालिका चोरी  गर्ने महिला प्रहरी वृत्त सिंहदरबारमा

    काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार २६ दिनको नवजात शिशु चोरी गरेर पक्राउ परेकी महिलालाई प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

    काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठकी नावालिका (छोरी) चोरी गर्ने दैलेक नौमुले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काडाँघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    शुक्रबार राति ११.३९ बजे काठमाडौँको काँडाघारीबाट पक्राउ परेकी निज सिंहलाई आज पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना गरिएको थियो ।

    अस्पतालमा उपचार पश्चात निजलाई सिंहदरबार बृत्तमा राखिएको एक जना प्रहरी अधिकृतले सुनौलो नेपाललाई जानकारी दिए । अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाईएको प्रहरीको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend