
फागुन २९ काठमाडौं-काठमाडौं प्रतिनिधिसभाको बैठकमा आजकालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा संकल्प प्रस्ताव पनि पेश हुनेछ। सत्तारुढ नेकपाकै सांसद खगराज अधिकारीले पेश गर्ने प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्नेछिन। भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी सरकारलाई निर्देशन गरेकाले कुटनीति र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न प्रस्ताव दर्ता गरिएको हो।
विहान ११ बजे बस्ने बैठकमा केही विधेयकहरु पनि पेश हु्नेछन्। अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा० युवराज खतिवडाले “धितोपत्र सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत,गृह मन्त्री श्री रामबहादुर थापाले “कारागार विधेयक, २०७६ लाई दफावार छलफलकलागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत ,कृषि तथा पशुपन्छी विकास मन्त्री श्री घनश्याम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवापरिषद् विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै गृह मन्त्री श्री रामबहादुर थापाले “अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धिमाथिको प्रावधानमा सदनमा छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend