logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आजदेखि बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइँदै

    आजदेखि बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइँदै

    2.3K
    Shares
    आजदेखि बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइँदै

    काठमाडौँ, १३ फागुन । सरकारले आजदेखि बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउँदै छ ।

    जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुन लागेको हो । जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो।

    भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।

    पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हरेक दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

    अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ। सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गरेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend