logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • राष्ट्रिय फुटबल एनआरटी विजयी

    राष्ट्रिय फुटबल एनआरटी विजयी

    1.1K
    Shares
    राष्ट्रिय फुटबल एनआरटी विजयी

    काठमाडौँ  । न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप रािष्ट्रय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । एनआरटीको जितमा विवेक गुरुङ नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै एनआरटीका लागि निर्णायक गोल सावित भयो ।

    सञ्जिव विष्टलाई पेनाल्टी एरियामा थ्रीस्टारका खेलाडी खेमराज श्रेष्ठले लडाएपछि एनआरटीले फ्रिकिकको अवसर पाएको थियो । जसको सदुपयोग गुरुङले गरे ।

    राष्ट्रिय युवा संघको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु ११ लाख तथा उपपिवेताले रु पाँच लाख प्राप्त गर्नेछन् । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend