logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • इजरायलले कतारमा गाजा युद्धविराम वार्ता जारी राख्न प्रतिनिधिमण्डल पठाउने

    इजरायलले कतारमा गाजा युद्धविराम वार्ता जारी राख्न प्रतिनिधिमण्डल पठाउने

    1.3K
    Shares
    इजरायलले कतारमा गाजा युद्धविराम वार्ता जारी राख्न प्रतिनिधिमण्डल पठाउने

    काठमाडौँ । इजरायलको मन्त्रिपरिषद्ले गाजा युद्धविराम सम्झौतामा वार्ता जारी राख्न एक प्रतिनिधिमण्डल कतार पठाउने भएको छ ।

    कतारको राजधानी दोहामा भइरहेको वार्ताका लागि आफ्नो प्रतिनिधि मण्डल पनि पठाउने बताएको हो । प्रतिनिधिमण्डलमा गैर–वरिष्ठ अधिकारीहरू सम्मिलित हुने बताइएको छ ।

    साढे चार महिना लामो युद्धको अन्त्य, गाजामा हमासद्वारा बन्धक बनाएकाहरूको रिहाइ, इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइका साथै मानवीय सहायता बढाउने सहमति हुने अपेक्षा गरिएको बताइएको छ । इजरायली अधिकारीहरूले पेरिसमा भएको वार्ता रचनात्मक भएको र सहमतिको सामान्य रूपरेखा तयार भएको बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend