काठमाडौँ । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरुलाई बर्खास्त गर्नु पर्ने माग गर्र्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।
बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरुले बैठक अवरोध गरेका हुन् ।
त्यसपछि एमाले सांसदहरुले विवादित मन्त्रीहरुलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।