logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ

    करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ

    1.4K
    Shares
    करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ

    कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका–४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका–२ घर भई दाङ लमही नगरपालिका–४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न् ।

    ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका–२ लिंगेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेश जस्तो देखिने बस्तुसहित पक्राउ गरेको हो ।

    साथै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका–१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने बस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend